कोरोना भाइरसका कारण अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु


१९ जेष्ठ २०७७, सोमबार ०६:३६ मा प्रकाशित

काठमाडौं । ५ महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ लाख ३६ हजार ९६५ पुगेको छ ।

कुल संक्रमितमध्ये ५ लाख ४१ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ८९ हजार ४०९ जनामध्ये १७ हजार १०१ जनाको अवस्था गम्भीर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here