क्वारेन्टाइनको व्यवस्थापनमा लागेका वडाध्यक्षको मृत्यु, स्वाब परीक्षण गरिने


१४ जेष्ठ २०७७, बुधबार ०८:५० मा प्रकाशित

कञ्चनपुर । क्वारेन्टाइन व्यवस्थापनमा लागेका कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ का वडाअध्यक्षको गएराति मृत्यु भएको छ ।

स्थानीय राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष कल्लु राना मंगलबार राति अचानक बेहोस भएका थिए ।

बेहोस भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएलगत्तै चिकित्सकहरूले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिए ।

उनमा कोरोना संक्रमण भएको हो कि हैन भनेर पुष्टि गर्न स्वाब परीक्षणको तयारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here