झापा कारागारमा एकै दिन दुई कैदीबन्दीको मृत्यु


१३ जेष्ठ २०७७, मंगलवार २२:०० मा प्रकाशित

भद्रपुर । झापा कारागार भद्रपुरमा एकै दिन दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृतक दुवै जना जबरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका थिए ।

मृत्यु हुने कैदीबन्दीद्धय भद्रपुर नगरपालिका ६ बस्ने ५० वर्षीय अनुरञ्जन घोष र कचनकवल गाउँपालिका ७ बस्ने ३२ वर्षीय किशनलाल राजवंशी रहेको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए ।उनका अनुसार फोक्सोमा पानी जमेर मेची अञ्चल अस्पताल भद्रपुरको आइसियुमा उपचाररत घोषको मङ्गलवार दिउँसो मृत्यु भएको हो ।

अदालतले जबरजस्ती करणी मुद्दामा १३ वर्ष सजाय तोकेका घोष २०७१ साल मङ्सिर २२ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।त्यस्तै मिर्गौलाका बिरामी रहेका राजवंशी मङ्गलवार बिहान कारागार भित्रै बेहोस भएर लडेका थिए । उनलाई तत्काल उपचारका लागि मेची अस्पताल र्पुयाए लगतै उनको मृत्यु भएको हो ।
राजवंशीलाई अदालतले ३ वर्ष जबरजस्ती करणी मुद्दामा सजाय तोकेको थियो । उनी २०७६ साल असोज ७ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए । मृत्यु हुने दुवै शवलाई परिवारको जिम्मा लगाइसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here