भारतीय नागरिकद्वारा सीमामा तैनाथ सुरक्षाकर्मीमाथि फेरि आक्रमण


९ जेष्ठ २०७७, शुक्रबार १७:३७ मा प्रकाशित

भद्रपुर । कोरोना भाइरसको उच्च जोखिममा रहेको दक्षिणी झापाको कचनकवलमा फेरि भारतीय नागरिकले सीमामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।

नेपाली भूमिमा प्रवेश गरेका भारतीय नागरिकलाई सीमा तैनाथ सशस्त्र प्रहरीले रोक्न खोज्दा उनीहरूले आक्रमण गरेको हो ।भारतीय नागरिकले सशस्त्र प्रहरी हवल्दार शङ्कर चौधरीलाई कुटपिट गरेका छन् । कचनकवल गाउँपालिका १ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बर पिलर नजिकै सशस्त्रको अस्थायी पोस्टमा राखिएको छ ।पोस्टमा सशस्त्रका हवल्दार चौधरीसहित पाँच जना खटिएका थिए ।त्यहाँका ५,७ जना भारतीय नागरिक शुक्रवार बिहान साढे ९ बजे नेपाली भूमिमै आएर घाँस काटेर फर्किन लाग्दा सशस्त्र प्रहरीले सीमामै रोकेर उनीहरूलाई नेपाल प्रवेश नगर्नु भनी सम्झाउन खोजेका थिए ।किन सम्झाएको भन्दै भारतीय नागरिकले सशस्त्र प्रहरीलाई गालीगर्लौच गर्दै एक्कासि बाँसको भाटाले सशस्त्रका हवल्दार चौधरीको टाउकोमा प्रहार गरेका हुन् ।

सोही क्रममा दुवै पक्ष बिच सामान्य झडप भएपछि थप ५० देखि ६० जनाको भारतीय नागरिकको हुल आएर आक्रमणको प्रयास गर्न खोजेको गाउँपालिका ३ नम्बर वडा अध्यक्ष विजय राजवंशीले जानकारी दिनु भयो ।उहाँका अनुसार भारतीय नागरिकले सशस्त्रका हवल्दार चौधरीलाई बाँसले प्रहार गरी कुटपिट गर्दा हात र टाउकोमा चोट लागेको छ ।

यसअघि पनि कचनकवलको घेरावारीको चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरी माथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here