कर्णाली प्रदेशमा पनि देखियो कोरोना संक्रमण सूर्योदय संवाददाता ५ जेष्ठ २०७७, सोमबार २२:३४ मा प्रकाशित काठमाडौं । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।