पेस्तोलसहित सर्लाहीबाट २ जना पक्राउ


४ जेष्ठ २०७७, आईतवार ०९:३४ मा प्रकाशित

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका–४ बाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक रहेका छन् । प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी मधुवनीबाट खटिएको संयुक्त टोलीले बगैँचामा लुकेर बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, एक थान चाइनिज पेस्तोल र छ राउण्ड गोली बरामद गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here