झापा । दक्षिणी झापाको कचनकवलमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका ७ बस्ने अन्दाजी ८० वर्षीय वृखबहादुर राई रहेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीका अनुसार शनिवार साँझ घर नजिकैको दिपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्ध राईलाई हात्तीलेआक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी आफन्तजनलाई जिम्मा लगाइने जनाइएको छ ।यसअघि पनि कचनकवलमा हात्तीको आक्रमण परी एक जनाको मृत्यु भएको थियो ।