राष्ट्रसेवक समाजद्वारा कोरोना विपद् व्यवस्थापन समितिलाई आर्थिक सहयोग


२ जेष्ठ २०७७, शुक्रबार १५:४४ मा प्रकाशित

भद्रपुर । निवृत्त राष्ट्रसेवक समाज नगर कार्य समितिले भद्रपुर नगरपालिकाको कोरोना विपद् व्यवस्थापन समितिलाई आर्थिक सहयोग गरेका छन् ।

लगातारको लकडाउनका कारण नगर क्षेत्रका विपन्न समुदायलाई राहत वितरण कार्यलाई सहयोग पुगोस भन्ने उदेश्यले समाजले भद्रपुर नगरपालिकालाई ५० हजार ३ सय ३० रुपैयाँ सहयोग गरेका हुन् । भद्रपुर ८ सगरमाथा चोक स्थित समाजको कार्यालयमा शुक्रबार बिहान आयोजित एक संक्षिप्त कार्यक्रमका बीच समाजका अध्यक्ष मुत्तिनाथ दाहालले नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई सो रकम बराबरको चेक र नगद हस्तान्तरण गरेका हुन् ।

साथै तीन जना आश्रीत पेन्सनरत परिवारलाई जनही नगद ५/५ हजारका दरले १५ हजार रुपैयाँ वितरण गरिएको थियो । समाजमा आवद्ध निवृत्त राष्ट्रसेवकबाट संकलन गरिएको सो रकम नगरपालिकाको कोषलाई दिएको सचिव सरोजकुमार कार्कीले जानकारी दिए ।

समाजका अध्यक्ष दाहालको अध्यक्षता तथा सचिव सरोजकुमार कार्कीले सञ्चालन गरेको कार्यक्रममा उपमेयर चन्द्रामाया श्रेष्ठ, मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुख चिन्तामणी दाहाल लगायतले कोरोना भाईरसबाट बच्न र बचाउन लगडाउनको पुर्ण रुपमा पालना गर्नु पर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here