थप एकजना कोरोना संक्रमित, जम्मा संख्या २४६


१ जेष्ठ २०७७, बिहीबार ०८:२१ मा प्रकाशित

काठमाडौं । नवलपरासीमा एकजना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुष हुन्। उनको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको अधिकारीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here