भक्तपुरका एक जना कोरोना संक्रमित सशस्त्र प्रहरी रहेको खुलासा


३१ बैशाख २०७७, बुधबार ०९:५३ मा प्रकाशित

काठमाडौं । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ ।

भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टोलीका सदस्य रहेको बताइएको छ ।

दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ । अर्की २५ वर्षीया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् । उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएकी थिइन् ।

दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । मंगलबार राति भक्तपुरका दुई र काठमाडौंका एक जनासहित थप २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो ।

काठमाडौंका संक्रमित व्यक्ति चन्द्रागिरि नगरपालिकाका हुन् । उनी कन्चनपुरबाट आएका महेन्द्रनगरबाट आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here