संसद भवन अगाडि विरोध गर्न पुगेका युवाहरु पक्राउ


२८ बैशाख २०७७, आईतवार १३:३१ मा प्रकाशित

काठमाडौं । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषय विरोध जनाउन पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान संघीय संसद भवन अगाडि विरोध प्रदर्शन गर्न पुगेका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । कुनै पनि राजनीतिक दल तथा संगठनको झण्डा नलिइ संसद भवन अगाडि पुगेका उनीहरुले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा नाराबाजी गरेका थिए ।

उनीहरुले नेता तथा सांसदहरुको विरोधमा पनि नाराबाजी गरेका थिए । नाराबाजीका बीच संसद भवनको गेटमै आक्रमण गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here