भारतमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ९ सयभन्दा बढीको मृत्यु


२७ बैशाख २०७७, शनिबार ०७:५४ मा प्रकाशित

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ९८५ पुगेको छ ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६ जनाको मृत्यु भएको छ ।

एकैदिन अरु ३ हजार ३४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ । उपचार गराइरहेका ३९ हजार ८२१ जनामध्ये १७ हजार ८८७ जना निको भएका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि बढाएको छ ।

मार्च २४ देखि लकडाउन गरेको भारतले मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here