वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १७ र भारतको हरैया बिच बोडरमा भारतीय र सशस्त्र प्रहरीबिच झडप भएको छ ।
लकडाउनकोे समयमा भारतीयहरु जर्बरजस्ती नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले रोकेसँगै झडप भएको हो । सो क्रममा सशस्त्र प्रहरी १ राउण्ड हवाइ फायर समेत गरेको छ ।
झडपका क्रममा सशस्त्र प्रहरी जवान दल बहादुर भारतीमाथि भारतीहरुले हातपात समेत गरेका छन् ।





