लकडाउनको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक सुरु


२२ बैशाख २०७७, सोमबार १५:१३ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको मोडालिटी कस्तो बनाउने भन्नेबारे छलफल गर्न सिंहदरबारमा आज उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ ।

लकडाउनको समीक्षा र आगामी दिनमा लकडाउनको मोडालिटी कस्तो बनाउने भन्नेबारे आजको छलफल केन्द्रित हुने प्रधानमन्त्री कार्यायका सचिव नारायणप्रसाद बिडारीले थाहाखबरलाई जानकारी दिए ।

पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here