रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण


१९ बैशाख २०७७, शुक्रबार १३:०२ मा प्रकाशित

काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ। उनले भिडियो कल गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन्। पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। पुटिनले मिसुस्टिनलाई भएको संक्रमण जो कोहीलाई पनि हुन सक्ने बताए।

गत जनवरीमा मिसुस्टिनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो। उनले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि निकै सक्रियतापूर्वक काम गर्दै आएका थिए।

राष्ट्रपति पुटिनले पनि उनले महामारी नियन्त्रणको लागि गरेको कामको प्रशंशा गरेका छन्। रुसमा एक लाख ६ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ। एक हजार ७३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here