पर्साको वीरगञ्ज निवासी २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो


१४ बैशाख २०७७, आईतवार १३:०९ मा प्रकाशित

काठमाडौं । नेपालका थप २ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

पर्साको वीरगन्ज निवासी २ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगन्जका २ पुरुषमा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार कोरोना संक्रमण देखिएका दुवै जना अहिले आइसोलेसनमा उपचाररत छन् । दुवै जनाको अवस्था सामान्य छ ।

वीरगन्जका २ जनामा कोरोना संक्रमण देखिएसँग नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । नेपालमा हालसम्म १२ जना संक्रमित कोरोनालाई जितेर उपचारपछि घर फर्कि सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here