भारत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहनसम्म मृत्यु हुनेको संख्या ६ सय ८१ पुगेको छ भने संक्रमित हुनेको संख्या २१ हजार ३ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ३६ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ९० जना नयाँ संक्रमित भेटिएका छन् ।
भारतमा संक्रमितमध्ये अहिले ४ हजार ३ सय ७० जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १६ हजार ३ सय १९ जनामा कोरोना सक्रिय रहेको छ ।
कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन जारी राखिएको छ ।





