चुडामणि पौड्यालको ‘परदेशी मायालु’सार्वजनिक


११ बैशाख २०७७, बिहीबार ११:१३ मा प्रकाशित

झापा ।   गीतकार तथा गायक चुडामणि पौड्यालले नयाँ गीत सार्वजनिक गरेका छन् ।
विश्व कोरोना भाईरसको महामारीसंग लडिरहेका बेला परदेशमा रहेका नेपालीहरुको पीडालाई समेटेर पौड्यालले नयाँ गीत ‘परदेशी मायालु’सार्वजनिक गरेका हुन् ।

यतिबेला नेपाल लगायत विश्वका सबै देशहरु लकडाउनमा छन् । यहि अवस्थालाई मध्यनजर गर्दै नयाँ गीत बजारमा ल्याएको गीतकार तथा गायक पौड्यालले बताए । पौड्यालको शव्द,स्वर तथा सन्तोस शिवाको संगीतमा रहेको गीत बुधवार ‘सेल्फी टिभी’मार्फत सार्वजनिक गरीएको हो ।

गीतकार पौड्यालको ‘अट्टो रिक्सामा’लगायत दर्जनौ गीतहरु बजारमा छन् ।

हेर्नुहोस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here