तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका २ बसन्तपुर बजारमा मजदुरी गर्ने एक व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभाको चैनपुर नगरपालिका १ याङसीजुङ घर भएका ३९ वर्षीय पासाङ तेम्बा शेर्पा बसन्तपुर स्थित खेल मैदान नजीकैको सडकमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी बसन्तपुरमा लामो समय देखी एक्लै मजदुरी गरी बस्दै आएका थिए । शेर्पाको मृत्युको कारण बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।





