मोरङमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा ६१ जना भर्ना


८ बैशाख २०७७, सोमबार १७:५० मा प्रकाशित

बेलबारी । मोरङको मिक्लाजुङको टाँडीमा रहेको क्वारेन्टाइनमा ६१ जनालाई भर्ना गरीएको छ ।

प्रदेश एक सरकारको सहयोगमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा तिन दिन बिचमा ६१ जना आएको पूर्वी पृर्तनाका प्रमुख सेनानि रघुनाथ पौडेलले बताए । विभिन्न कामले विदेशमा रहेकाहरु नेपाल फर्केपछि क्वारेनटाइनमा भर्ना भएका हुन् ।

स्थानीयतहको सिफारीसमा क्वारेनटाइनमा राख्ने गरीएको पुर्वी पृर्तनाका प्रमुख सेनानि पौडेलले बताए । प्रदेश सरकारको गत फागुन २९ गते मन्त्रिपरिषद बैठकबाट पारित कोरोना भाइरसको संक्रमण विरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here