सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने युवा पक्राउ


७ बैशाख २०७७, आईतवार १७:०२ मा प्रकाशित

इलाम । सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा इलामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दिप योङहाङ लिम्बु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई शनिबार बिहान सवा ८ बजे पक्राउ गरिएको हो ।

लिम्बुले आफ्नो फेसबुक स्टाटसमा एलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो भनि तथ्यहिन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here