सडकमा पैसा छर्ने दुई महिलाको कोरोना परीक्षण नतिजा नेगेटिभ


७ बैशाख २०७७, आईतवार १६:२२ मा प्रकाशित

काठमाडौं । जनकपुरको सडकमा पैसा छर्ने दुई महिलाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहका अनुसार सडकमा पैसा फाल्ने दुबै महिलाको पीसीआरबाट गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण नेगेटिभ आएको हो । जनकपुरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

यसअघि र्‍यापिट डाइग्रोष्टिक टेष्ट आरडीटीबाट गरिएको परीक्षणमा भने एक महिलाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर कोरोना परीक्षण गराएको थियो । आरडीटीबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई प्रहरीले जनकपुरको प्रादेशिक अस्पताको आइसोलेनमा रोखेको थियो ।

शुक्रवार महावीर चोकमा पैसा छरेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् ।

उनीहरु भाउजु र नन्द भएको घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बाटोमा पैसा फकेर हिँडेसँगै जनपुरमा त्रास फैलिएको थियो । महावीर चोकमा नेपाली रुपैयाँ छरेर फरार रहेका दुई जना सीसीटीभीमा देखिएपछि उनीहरुको तस्वीरसहित प्रहरी खोजीमा लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here