भाइरस महामारीले उच्च तह पार गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी


४ बैशाख २०७७, बिहीबार ०९:४५ मा प्रकाशित

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको महामारीले उच्च तह पार गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

महामारीका कारण सिर्जित संकटको माथिल्लो तह पार भइरसकेको दाबी गर्दै ट्रम्पले जारी लकडाउन पनि केही दिनमै खुला हुने जानकारी दिएका छन् । केही राज्यहरुमा आगामी मे १ तारिखमै लकडाउन खुल्ला हुने तयारी भए पनि अब त्यसअघि नै लकडाउन खुला हुने उनले जनाएका छन् ।

जारी लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै प्रतिबन्ध पूर्णरुपमा हटाउँदै जाने उनले जनाएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङ्गमा ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबारसम्म जारी भइसक्ने जानकारी पनि दिएका छन् ।

कोरोना भाइरसको महामारीले सबै भन्दाबढी प्रभावित बनेको अमेरिकामा बुधबारसम्म २८ हजार ५२९ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here