झापा । झापाको शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका लगायतका कृषकहरुले सयौं बिगाहमा कांक्रा, खरबुजा, लौका फर्सी लगाएका छन् । तर उत्पादीत बस्तु बजारमा पुर्याउने समयमा लकडाउन भएपछि बगरमै कुहिन थालेपछि कृषकहरु समस्यामा परेको गुनासो गर्छन् ।
कनकाई माईको बगर क्षेत्रमा लगाएको खरबुजा समयमै बजारमा पुर्याउन नसक्दा किसानलाई लाखौं रुपैयाँ क्षति हुने भएको छ । कृषकहरु यतिबेला बगर खेती गर्नका लागी साहु तथा विभिन्न सहकारीबाट लिएको लाखौँ रुपैँया कसरी तिर्ने भनेर चिन्तित छन् । खेती गर्नका लागी विभिन्न ठाउँबाट ऋण लिएका कृषकहरुलाई कोरोनाले भन्दा साहुको क्रणले बढी त्रसित बनाएको गुनेसो सुनाउछन् ।

बजारसम्म पुर्याउन नसक्दा खरबुजा तथा तरकारीमा किसानले ठुलो क्षति सहनु परेको हो । यता वडा स्तरबाट भने कृषी जन्य बस्तुहरुको बजारीकरणको लागि आफुहरुले सहजिकरण गर्दै आईरहेको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीको भनाई छ ।





