र्‍यापीड टेष्टमा मंगलबार काभ्रे र धादिङका ३ जना युवामा कोरोना भाइरस पोजेटिभ


२ बैशाख २०७७, मंगलवार १८:२८ मा प्रकाशित

काठमाडौं । र्‍यापीड टेष्टमा मंगलबार काभ्रे र धादिङका ३ जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

र्‍यापीड टेष्टमा पोजेटिभ देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका दुई जना काभ्रेका हुन् भने एक जना धादिङका हुन् । काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक/एक जनामा र्‍यापिड डाइग्नोस्टक परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो ।

बेथान्चौक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए । उनीहरुको दुवैको स्वाब थप परिक्षणका लागि धुलिखेल अस्पताल भर्ना गरिएको छ ।

यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापीड टेष्टमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका युवा दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए ।

उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएका २७ वर्षीय युवालाई काठमाडौं पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिए ।

भारत र तेस्रो मुलुकबाट आउनेहरुलाई सबै गाउँपालिकामा र्‍यापीड टेस्ट किटमार्फत परीक्षण शुरु गरेको छ । मंगलवार मात्र ज्वालामुखी गाउँपालिकामा ३५ जनाको आरडीटी परीक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here