भारतमा मे ३ अर्थात् वैशाख २१ सम्म लम्बियो लकडाउन


२ बैशाख २०७७, मंगलवार ११:१५ मा प्रकाशित

भारत । भारतमा लकडाउन लम्बिएको छ । गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन् ।

२५ मार्चदेखि जारी २१ दिन लामो लकडाउनको अन्तिम दिन मंगलबार देशबासीका नाममा चौथो पटक सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै कोरोनासँग जुध्ने यही मात्रै अन्तिम विकल्प भएको बताएका छन् । पछिल्लो २६ दिनमा देशवासीका नाममा मोदीको यो चौथो सम्बोधन हो ।

भारतमा अहिलेसम्म आठ राज्य र एक केन्द्र शासित प्रदेशले ३० अप्रिलसम्म लकडाउन बढाउने घोषणा गरिसकेका छन् । यसमा महाराष्ट्र, पश्चिम बंगाल, पञ्जाब, ओडिशा, अरुणाचल प्रदेश, मेघालय, तेलंगाना र तमिलनाडु छन् । केन्द्र शासित प्रदेश पुडुचेरीले पनि लकडाउन बढाउने घोषणा गरिसकेको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ ।

हिजो मात्रै भारतमा १२ सय भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। भारतमा हालसम्म १० हजार ४ सय ५३ कोरोना संक्रमित भेटिँदा ३५८ जनाले ज्यान गुमाइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here