युरोपियन मुलुक माल्टामा एक नेपालीमा कोरोना भाइरस पोजेटिभ


१ बैशाख २०७७, सोमबार २०:४९ मा प्रकाशित

काठमाडौँ । युरोपियन मुलुक माल्टामा एक नेपालीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

विगत १८ महिनादेखि त्यहाँ कार्यरत खत्री थरका एक नेपालीमा कोरोना भाइरस पोजेटिभ देखिएको एनआरएनए माल्टाका महासचिव सन्देश केसीले जानकारी दिए ।

खत्रीले आफूलाई कोरोना लागेको आशंकमा आइतबार लुका कोरोना परिक्षण केन्द्रमा गएर स्वास्थ्य परिक्षण गराएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको परिक्षण केन्द्रलाई उद्धृत गर्दै महासचिव केसीले बताए । यसअघि पनि माल्टामा १७ जना नेपालीको कोरोना परिक्षण गरिएको थियो । तर सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

यससँगै महासचिव केसीले माल्टामा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । उनले स्वास्थ्यमा कुनै समस्या देखिएमा तुरुन्तै हेल्पलाइन नम्बर (१११) मा सम्पर्क गरेर स्वास्थ्य परिक्षण गराउन अनुरोध गरेका छन् । माल्टामा झण्डै ३५ सयको हाराहारीमा नेपालीहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here