उपभोक्ता संरक्षण मञ्चको बजार अनुगमनः खुद्रा व्यापारीद्वारा तरकारीमा आफुखुसी मुल्य


१ बैशाख २०७७, सोमबार १७:५७ मा प्रकाशित

झापा । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न र फैलन नदिन सरकारले जारी गरेको लगातारको लकडाउनका कारण बजार र मानिसहरुको चहल पहल अत्यन्तै न्युन छ । लकडाउनको प्रभावकाबिच पनि मानिसलाई आवश्यक पर्ने सेवा भने खुल्ला छ । तर बजारमा अत्यावसेक मध्येका खाद्यान्य अन्र्तगत पर्ने तरकारीको मुल्यमा भने बिक्रेताको मनपरि पाईएको छ ।

आईतबार संचारकर्मी सहित उपभोक्ता संरक्षण मञ्च विर्तामोडले गरेको अनुगमनको क्रममा विषेश गरि चोक बजारमा पसल थापेर र होम डेलिभरीको नाममा टोल टोलमै पुग्ने व्यापारीहरुले उपभोक्ताबाट आफुखुसी तरकारीको मुल्य लिइरहेको पाईएको अनुगमनमा सहभागी संचारकर्मी याम बिमलीले जानकारी दिए ।

बजारमा होलसेल कारोकार गर्ने व्यापारीले बिक्री गर्ने मुल्यमा खासै भिन्नता नभएपनि खुद्रा कारोबार गर्ने व्यापारीले आफुखुसी मुल्य राखेर तरकारी बिक्री गरेको पाईएको हो । अनुगमनको क्रममा उनिहरुले बिक्री गर्ने एउटै तरकारीको मुल्यमा २ सय प्रतिशत सम्मा भाउ वृद्धि गरिएको भेटीएको उपभोक्त हित संरक्षण मञ्च विर्तामोडका अध्यक्ष ओम भक्त सेढाईले बताए ।

अनुगमनका क्रममा स्थानीय स्तरमा उत्पादीत भएका तरकारीहरुको मुल्य उच्च पाईएको छ । बजारमा खरिद बिक्री हुने तरकारीको होलसेल मुल्यमा भने खासै भिन्नत छैन् । आलु प्रतिकेजी ४० देखि ५०, भिण्डी र बोडी प्रतिकेजी ११०, खोर्सानी प्रतिकेजी १०० मा बिक्री भइरहेको छ । मटर कोषाको प्रतिकेजी २० देखि ४०, अदुवा प्रतिकेजी १२५ देखि १३० र काक्रा प्रतिकेजी २० रुपौँयामा खरिद बिक्री भइरहेको छ । होलसेलमा समान रेटदर कायम गरिए पनि खुद्रा व्यापारीले आफुखुसी नाफा खादा बजारमा समस्या देखिएको ब्यापारीको भनाई छ ।

मंञ्चले आईतबार विर्तामोड नगरपालिकाको १, ४ र ५ नम्बर वडाको विभिन्न भागमा अनुगमन गरेको थियो । तरकारी बिक्रेताले आफुखुसी भाउ निर्धारण गरेकाले त्यसप्रति उपभोक्क्तामा पर्ने असरलाई मध्य नजर गर्दे मञ्चले स्थानीय सरकार र प्रशासनलाई ध्यानकर्षण गराउने र समन्वय गर्ने अध्यक्ष सेढाईले बताए ।

लकडाउनलाई पालना गरि उपभोक्त हित संरक्षण मञ्च विर्तामोडले बजारमा तरकारीको मुल्यमा एकरुपता नदेखिएकाले उपभोक्त्तालाई समेत सजक रहन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here