काठमाडौं । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।
आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
पुष्टि भएका दुवैलाई अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढीमा पाँचजना, नारायणी अस्पताल वीरगन्जमा तीनजना तथा शुक्रराज ट्रपिकसल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई दुई जनाको उपचार भईरहेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।





