ग्लेन म्याक्सवेलद्वारा टी–२० विश्व कप क्रिकेट खाली स्टेडियममा सञ्चालन गर्न नहुने सुझाव


१ बैशाख २०७७, सोमबार १५:३३ मा प्रकाशित

काठमाण्डौ । अस्ट्रेलियाली क्रिकेट टिमका अलराउण्डर ग्लेन म्याक्सवेलले टी–२० विश्व कप क्रिकेट खाली स्टेडियममा सञ्चालन गर्न नहुने सुझाव दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण विश्व खेलकुद नै स्थगित भएको छ । अहिले केही प्रतियोगिताहरु खाली स्टेडियममा सञ्चालन गर्नुपर्ने नयाँ बहस पनि भइरहेको छ ।

विश्वकै चर्चित फ्रेचाइज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) पनि खाली स्टेडियममा सञ्चालन गर्ने विषयमा बहस भइरहेका बेला म्याक्सवेलले आईपीएल खाली स्टेडियममा सञ्चालन भए पनि टी–२० विश्व कप भने खाली स्टेडियममा गर्न नहुने सुझाव दिएका छन् ।

उनले दर्शकहरुलाई स्टेडियमसम्म ल्याउन सकिँदैन भने टी–२० विश्व कप क्रिकेट आयोजना गरेको सार्थक नहुने पनि बताए । अक्टोबरमा अस्ट्रेलियामा टी–२० विश्वकप आयोजना गर्ने कार्यतालिका छ । तर अस्ट्रेलियामा पनि कोरोना भाइरसको प्रकोप बढिरहेकाले यस विषयमा अहिले नै भन्न सक्ने अवस्था छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here