कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिसको स्वास्थ्यमा उल्लेख्य सुधार


२९ चैत्र २०७६, शनिबार ०८:४३ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसले संक्रमित भएपछि लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसन थोरै हिडडुल गर्ने सक्ने भएका छन् ।

कोरोना संक्रमित भएको १० दिनसम्म घरमै आराम गरेका प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा अझ समस्या देखिएपछि अस्पताल भर्ना गरिएको ३ दिनसम्म आइसीयूमा राखिएको थियो ।

स्वास्थ्यमा उल्लेख्य सुधार देखिएपछि विहिबार साँझ आइसीयूबाट सामान्य वार्डमा सारिएका जोनसन भित्रै थोरै हिडडुल गर्न थालेको बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here