विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२७ पुगेको छ । भारतमा एकैदिन ८०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ ।भारतमा संक्रमितमध्ये ६३५ जना उपचारपछि निको भएका छन् ।५ हजार ८८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
एसियाली मुलुकमा कोरोनाका कारण सबैभन्दा बढी इरानमा ४ हजार ११० जनाको मृत्यु भएको छ ।त्यसैगरी चीनमा ३ हजार ३३५ जनाको मृत्यु भएको छ भने टर्कीमा ९ सय ८ जनाले ज्यान गुमाएका छन् ।इन्डोनेसियामा २८० जनाले ज्यान गुमाउँदा भारतमा २२७ जनाको मृत्यु भएको छ ।
भारत एसियाली मुलुकमा सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीको पाँचौ नम्बरमा रहेको छ ।चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।विश्वका २ सय नौ देशमा फैलिएको यो भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ७ सय ३१ पुगको छ ।





