विराटनगर । शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुक्रबारबाट शुरु गर्ने जानकारी दिए ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा दैनिक २० जनाको मात्रै स्वाब परीक्षण गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ ।
शुक्रबारदेखि प्रदेशका क्वारेन्टाइनबाट र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट पनि कोरोना भाइरसको शङकास्पद विरामीको रगतको नमूना परीक्षण शुरु गरिने भएको छ ।





