कोरोना भाइरसःअमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ६६८ पुग्यो


२७ चैत्र २०७६, बिहीबार ०६:२३ मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८२७ बढीले जनाले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या १४ हजार ६६८ पुगेको छ ।

अमेरिकामा एकैदिन २६ हजार ७७६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख २७ हजार १०१ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये २२ हजार ३१४ जना उपचारपछि निको भएका छन्  ९ हजार २ सय ३४ जनाको अवस्था गम्भीर रहेको । ३ लाख ९० हजार ११९ जना उपचाररत छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच,विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ३३४ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख ९ हजार ६७८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here