काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवस्था झन भयावह बन्ने खतरा देखिएपछि लकडाउन बढाउनु परेको बताएका छन् ।
मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोक्न थप सावधान नअपनाए अवस्था भयावह बन्न सक्ने अवस्था देखिए पछि लकडाउन बढाइएको बताए ।
प्रधानमन्त्री ओलीले विदेशबाट आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएको उल्लेख गर्दै संक्रमणको प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको बताए । यस्तो अवस्थामा थप सजगता अपनाउनु अपरिहार्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
कुनै खोप र औषधि पत्ता नलागेको परिस्थितिमा कोरोनाको संक्रमणबाट बच्न लकडाउन नै अपरिहार्य रहेको प्रधानमन्त्री ओलीले बताए ।





