कोरोना भाइरसको महामारीले प्रभावित जापानका ७ प्रान्तमा आपतकाल घोषणा


२५ चैत्र २०७६, मंगलवार ०९:०७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको महामारीले प्रभावित जापानका ७ प्रान्तमा आपतकाल घोषणा गरिएको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले संक्रमण प्रभावित ७ वटा प्रान्तमा एक महिनाको आपतकालीन अवस्था घोषणा गरेका हुन् । आज (मंगलबार) देखि सुरु भएको आपतकालीन अवस्था आगामी मे ६ तारिखसम्म जारी रहनेछ ।

जापानको राजधानी टोकियोसहित साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओकालाई अहिलेका लागि आपतकाल घोषणा गरिएको प्रधानमन्त्री शिन्जो आबेले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here