असन्तुष्ट समूहसँग कुरा मिलिसक्योः देउवा


१ माघ २०७६, बुधबार १६:१८ मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् ।

बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग वार्ता भइसकेको भन्दै कुरा मिलिसकेको बताए । ‘असन्तुष्ट समूहसँग कुरा मिलिसक्यो,’ देउवाले भने, ’ देउवाले भने, ‘तोकिएकै समयमा पार्टीको सबै तहको निर्वाचन हुन्छ ।’

कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले असन्तुष्ट पक्षका नेताहरु पौडेल र सिटौला समूहको उपस्थितिबिना ०७७ फागुन ७ गतेदेखि १० गते १४ औं महाधिवेशन गर्ने निर्णय बहुमतले गरेको थियो ।

बहुमतको निर्णय अनुसार कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको अधिवेशन ०७७ मंसिर ९ गतेबाट सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here