अमेरिक । आपत्कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन् ।
लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो । विमानस्थलबाट २६ किलोमिटर पर रहेको पार्क एलिमेन्टरी स्कूलका दुई वटा कक्षाका विद्यार्थीहरुहरुमाथि खसालिएको इन्धन परेको थियो ।
इन्धनका कारण विद्यार्थी र केही युवाहरुमा श्वासप्रश्वास तथा छालाको समस्या देखिएको छ । अमेरिकाको फेडेरल एभिएसन एड्मिनिस्ट्रेशन (एफएए) ले घटनाबारे छानबीन भइरहेको बताएको छ ।
उड्ययन कानूनअनुसार आपत्तकालिन अवस्थामा उडिरहेका विमानले इन्धन खसाल्न पाउँछन्, तर तोकिएको उचाईबाट निश्चित स्थानमा मात्रै इन्धन खसाल्न पाइन्छ । नियमअनुसार बसोबास नभएको क्षेत्रमा मात्रै इन्धन उत्सर्जन गर्न पाइन्छ ।





