माघी पर्वको अवसरमा प्रदेश पाँचमा दुई दिन सार्वजनिक बिदा


१ माघ २०७६, बुधबार ११:०९ मा प्रकाशित

अर्घाखाँची । माघी पर्वको अवसरमा प्रदेश पाँचले दुई दिन सार्वजनिक बिदा दिएको छ ।

प्रदेश पाँचका सबै १२ जिल्लामा माघी पर्व विशेषरूपमा मनाउने थारु तथा मगर समुदायको उल्लेखनीय बसोबास रहेकाले प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । माघी पर्वको अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नै सरकारी निवास बुटवलमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरे ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक पर्वहरुले नै समाजलाई एकताबद्ध गराइ आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन सहयोग पुग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here