राहदानीजस्तै देखिने कभर बिक्री वितरण प्रतिबन्ध


२८ पुष २०७६, सोमबार १२:०५ मा प्रकाशित

काठमाडौ । राहदानी विभागले नेपालमा चल्तिमा रहेको राहदानीजस्तै देखिने कभर (खोल) बिक्री वितरण गर्न नपाइने बताएको छ ।

राहदानी विभाग नारायणहिटी काठमाडौँले आइतबार एक सूचना जारी गर्दै राहदानीजस्तै देखिने हरियो खोल बिक्री वितरणमा रोक लगाएको हो । ‘झट्ट हेर्दा साधारण राहदानीजस्तो देखिने राहदानीको खोल खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको हुँदा यस प्रकारको खोल बिक्री तथा खरिद नगर्नु हुन सर्वसाधारणमा अनुरोध गरिन्छ’ विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

राहदानीको सुरक्षाको लागि भन्दै यस्ता खोलहरु बिक्रिवितरण हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here