उपचारका लागि कांग्रेस नेता पौडेल भारत जाँदै


२८ पुष २०७६, सोमबार १०:४२ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन् ।

नेता पौडेलले स्वास्थ्य उपचारका लागि आफू आज भारत जान लागेको जानकारी दिए । ‘भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जाँदैछु’ वरिष्ठ नेता पौडेलले खबरहबसँग भने । आफूले उपचारका क्रममा भारतमा तीन दिन विताउने उनको भनाइ छ ।

स्वास्थ्यमा के समस्या छ भन्ने बारे चाँही उनले केही बताएनन् । ‘केही भएको छ कि भनेर जाँच गर्नका लागि जान लागेको हो ।’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here