ए डिभिजन लिगमा आज दुई खेल हुँदै


२३ पुष २०७६, बुधबार १३:३८ मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुँदैछ ।

पहिलो खेलमा लिग दाबेदार थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल मध्यान्न १२ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजेका लागि तोकिएको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबले गोलरहित बराबरी खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here