विर्तामोडमा हाकिम प्रवृति टिक्दैन-डिएसपी थापा


१९ पुष २०७६, शनिबार १४:२० मा प्रकाशित

झापा । इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहनकुमार थापाले विर्तामोडमा हाकिम प्रवृतिको प्रशासनीक नेतृत्व नटिक्ने बताएका छन् । शनिबार विर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत,विदाई तथा सम्मान कार्यक्रममा बोल्दै डिएसपी थापाले विर्तामोडका नागरीक प्रजातान्त्रिक भएकाले कसैले हाकिम प्रवृति देखाए उ टिक्न नसक्ने बताएका हुन् ।

डिएसपी थापाले आफुले विर्तामोड बसाईमा यहाँका नागरिकको भावना बुझेकाले प्रजातान्त्रिक शैलीमा काम गर्ने प्रहरी नेतृत्व मात्रै विर्तामोड क्षेत्रमा टिक्ने बताएका हुन् ।जनता र समुदायलाई नजिकबाट बुझेर काम गर्ने प्रहरी नेतृत्वको लागी विर्तामोड उपयुक्त रहेको उनको भनाई थियो ।

उनले विर्तामोडको मुख्य समस्याका रुपमा रहेको लागु औषधको कारोबार धेरै हदसम्म कम भएपनि अझै मुख्य समस्याको रुपमा रहेको बताएका छन् ।विर्तामोडमा सांगठानिक अपराधका घटना कम पाएको र केही त्यस्ता आपराधिक समुहलाई कार्वाही गरेको थापाको भनाई छ ।विर्तामोडमा रहँदा आफुले बेश्यावृती,चोरी,डकैती लगायतका आपराधिक घटनामा समेत धेरै कमी ल्याएको उनको दावी छ ।

डिएसपी थापा इलाका प्रहरी कार्यालय अनारमनीबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौं जान लागेका हुन् ।आठ महिना अघि अनारमनी विर्तामोड प्रमुखको जिम्मेवारीमा झापा आएका थापालाई कुशल नेतृत्व प्रदान गरेको भन्दै विर्तामोड उद्योग वाणिज्य संघ लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले सम्मान सहित विदाई गरेका छन् ।इलाका प्रहरी कार्यालय अनारमनीमा महानगरीय अपराध महाशाखा लागूपदार्थ शाखा टेकुबाट मुकुन्दप्रसाद रिजाल आउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here