बोको हरामको आक्रमणबाट कम्तिमा ५० जनाको मृत्यु


१९ पुष २०७६, शनिबार १३:३२ मा प्रकाशित

अफ्रिकी मुलुक चाडको एक टापुमा अबस्थित तालमा इस्लामिक लडाकु समुह बोको हरामका लडाकुले ५० जनाको हत्या गरेका छन् ।

मारिनेमा २० जना क्यामरुनका नागरिकहरु रहेका छन् ।दुर्गम क्षेत्रमा भएको घटनामा मारिनेमा व्यापारी र माछा मार्नेहरु रहेको स्थानीय मेयरले जनाएका छन् ।

क्यानेडेली सेनाले पट्रोल गर्न छोडेपछि त्यस क्षेत्रमा बोको हरामको दबदबा थियो ।

नाइजेरियमा सन् २००९ देखि अस्तित्वमा आएको बोको हरामको प्रभाव अहिले छिमेकी मुलुक चाड, क्यामरुन र निजरसम्म फैलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here