झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्वर ७ का अध्यक्ष गङ्गा प्रसाद भट्टराईको निधन भएको छ ।
भट्टराईको आज अपरान्ह ४.३० बजे वडा नम्वर ७ निजी निवास बिरानमा निधन भएको नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भट्टराईको ६४ वर्षको उमेरमा असामयीक निधन भएको हो ।
भट्टराई बिगत ६ महिनादेखि हर्निया क्यान्सरबाट पीडित थिए । भट्टराईको बुधबार बिहान १० बजे कनकाई आर्यघाटमा दाहसंस्कार गरीने नगरपालिकाले जनाएको छ ।





