काठमाडौं । शनिबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।
शनिबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १.२ डिग्री थियो ।
यस्तै, गएको बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
अपडेट
सो महाशाखाले शनिबार बिहान पौने ९ बजे देशका विभिन्न क्षेत्रको न्यूनतम् तापक्रमसम्बन्धी जानकारी सार्वजनिक गरेको छ ।






