रुसद्वारा ध्वनीभन्दा तीव्रगतिको उन्नत मिसाइल प्रयोगमा


१२ पुष २०७६, शनिबार १२:५० मा प्रकाशित

काठमाडौं । रुसले ध्वनीभन्दा तीव्रगतिको उन्नत मिसाइलको पहिलो ‘रेजिमेन्ड’ तयार गरेको छ ।

यसलाई रुसको उराल्स्मा परिचालन गर्ने सम्भावना रहेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक क्षमतायुक्त मिसाइल ध्वनीभन्दा २० गुणा तीव्रगतिमा जानसक्ने र यसबाट अरु मुलुकभन्दा रुसलाई अगाडि लैजान मद्दत पुगेको बताएका छन् ।

मिसाइल प्रणालीलाई अरु कसैले पनि हराउन या पराजित गर्न नसक्नेखालको बनाइएको रुसी रक्षामन्त्री सर्गेई शोइगुले बताए । अमेरिका र चीनसँग पनि यस्ता मिसाइलहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here