इन्डो प्यासिफिक र एमसिसीबीच कुनै साइनो छैनः सञ्‍चारमन्त्री


१० पुष २०७६, बिहीबार १८:४४ मा प्रकाशित

काठमाडौं । अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन इन्डो प्यासिफिक सैन्य रणनीति अन्तरगत नभएको दोहोर्‍याएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमसिसी र इन्डो प्यासिफिकबीच कुनै साइनो नरहेको जिकिर गरे । ‘एमसिसी सन् २०१३ मै सुरु भएको हो । इन्डो प्यासिफिक २०१७ मा आएको हो’, उनले भने, ‘एमसिसीबाट आएको रकम सडकको स्तरोन्नति र विद्युत् प्रसारण लाइनमा खर्च हुने हो । सम्झौतामा जे कुरा उल्लेख छ, त्यही मात्रै कार्यान्वयन हुन्छ ।’ नेपालले अमेरिकालाई उसको सैन्य ‘इन्ट्रेस्ट’ एमसिसीमा हाल्नु नभनेको उनले जिकिर गरे ।

‘एमसिसीको विरोध केही नेताका लागि राजनीतिक तुष्टिको कुरा होला’, उनले भने, ‘चीनको बीआरईमा पनि सैन्य कुरा उल्लेख छैन । खाली आर्थिक सांस्कृतिक र विकास निर्माणका कुरा मात्रै हामीले गरेका हौँ ।’ मन्त्री बाँस्कोटाले एमसिसीको विरोध गर्नेहरु आफैँ थाक्ने भन्दै कटाक्ष गरे । ‘एमसिसीको विरोध गर्नेहरु बोल्दै गर्छन्, थाक्न दिनुस् या उनीहरुलाई बुझाउन दिनुस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here