संगिता कोइराला
तिमी
सिङ्गो ब्राह्मण हौ मेरा लागी !!
तिमी अनि तिम्रो परिभाषा कै लागि भनेर
मैले नेपाली शब्दकोषको
हरेक पाना नपल्टाएकी भने होइन,
तर
तिम्लाइ शब्दकोषको शब्दमा मात्र
कहाँ सिमित राख्न सके र मैले???
तिमी
अनन्त हौ मेरा लागी !!
मेरो शरीरको शिरा, धमनी
अनि प्रत्येक नसामा बग्ने रगतको
सहि संयोजन हौ तिमी !
पुर्णिमाको जुन,
औसि रातको तारा,
अनि हरेक बिहानीको सुर्य जस्तै,
तिमी
मेरो जीवनको सुर्योदय हौ मेरा लागी !!
तिमी म संग रिसाएको भनिएको
केहि मिनेट ,
सिङ्गो युग भन्दा नि धेरै पर छ !
किन ?
यति धेरै गार्हो लाग्छ
तिमी संगको क्षणिक बिछोड!
म बांचेको आधार दिने
श्वासप्रश्वासमा
अक्सिजन र कार्बनडाइअक्साइडको
तिमी
सहि सन्तुलन हौ मेरा लागि !!
झुक्किएर प्रश्न तेर्सिन्छ दिमागमा
तिम्लाइ सम्झिन,
मैले आफैलाइ भुलेकी हुं ??
त्यसै बेला मन खोलेर मुस्कुराएर
मन बोल्यो,
यसलाइ कसरी सम्झिन भन्न मिल्छ र???
आजकाल
म आफै नै म कहाँ छु र
मेरा लागि !!!!





