सरकारले सीमा क्षेत्रमा १ सय १४ वटा चेकपोष्ट थप गर्ने


३ पुष २०७६, बिहीबार १६:३९ मा प्रकाशित

काठमाडौं । सरकारले सीमा क्षेत्रमा १ सय १४ वटा चेकपोष्ट थप गर्ने निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट बढाएर २ सय २१ पुर्‍याइने निर्णय भएको बताएका हुन् । यसअघि यस्ता चेकपोष्ट १ सय ७ वटा मात्रै थिए । भारतले नेपालको भूमि समेटेर भारतले आफ्नो नक्सामा नेपालको भूमि समेटेपछि विवाद बढेको अवस्थामा सरकारले यस्तो निर्णय लिएको हो ।

संचार मन्त्री समेत रहेका प्रवक्ता बाँस्कोटाले सुरक्षा व्यवस्था सुदृढ बनाउन र सीमा सुरक्षा गर्न सशस्त्रको चेकपोष्ट थपिएको बताए । उनले सीमाका विषयमा भारतसँग कूटनीतिक छलफल गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here